आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्याम्समा नर्स र पारामेडिक्सका ६३ दरबन्दी थप

आइतबार, २८ असोज २०८०, १९ : २६
आइतबार, २८ असोज २०८०

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा नर्स र पारामेडिक्सका गरी ६३ वटा दरबन्दी थप गरिएको छ । आज सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले ६३ दरबन्दी थप गरी तत्काल करारमा कर्मचारी राख्ने निर्णय गरेको हो ।

केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन चार, प्लम्बर छ जना, चालक, सहायक गरी १० जनाको दरबन्दी पनि स्वीकृत गरेको छ । न्याम्समा तीन जना सिनेट सदस्य थपिनुका साथै तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरिएको जनाइएको छ । 

बैठकले नाक, कान, घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच, एनेस्थेसिया सहायक पाँच, ल्याब टेक्निसियन (पाँचौँ तह) पाँच जनाको दरबन्दी स्वीकृत गरेको प्रतिष्ठानले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप