आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काभ्रेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, २८ असोज २०८०, २१ : १७
आइतबार, २८ असोज २०८०

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर–६  मा टिपरले किच्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । 

पाँचखालको चामुन्डा पेट्रोल पम्म नजिक मोटर साइकल र स्कुटी एक आपसमा ठक्कर खाई सडकमा ढलेको अवस्थामा टिपरले किच्दा स्थानीय एक व्यापारीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा पाँचखाल नगरपालिका वडा नम्बर– ६ घर भएका व्यवसायी नारायण तिमल्सिना रहेका छन् । प्रहरीका अनुसार पाँचखाल तामाघाट बजारमा रहेको पसल बन्द गरी घर फर्किने क्रममा दुर्घटनामा परी तिमल्सिनाको मृत्यु भएको हो । पाँचखालबाट ३८ किलो भन्ने स्थान तर्फ जाँदै बा ७२ प ९७६२ नं। को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा। प्र।०२–०२४ प २५०१ नं। को स्कुटर एक आपसमा ठोक्किएका थिए । मोटरसाइकल र स्कुटर ठोक्किएर लड्दा पांचखालबाट धुलिखेल तर्फ आउँदै गरेको बा।प्र।०१–००४ क २३२८ नम्बरको टिपरले तिमल्सिनालाई किचेको उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ  ।  

सवारी दुर्घटना पश्चात स्थानीयले अरनिको राजमार्ग पूर्ण रुपमा बन्द गरेका छन् । बन्द सडक खुलाउनको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको ठुलो उपस्थिति रहेको छ । घटनास्थलबाट शव उठाउन प्रहरीले प्रयास गरेपनि स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै शव उठाउन दिएका छैनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप