आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यही नै हो भने संघीयता खारेज गर्नुपर्छ : भीम रावल

आइतबार, २८ असोज २०८०, २२ : १४
आइतबार, २८ असोज २०८०

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । देश जोगाउनका लागि अब संघीयता खारेज गर्नुपर्ने रावलले बताएका हुन् ।

कालापानीमा भारतको हस्तक्षेप हुँदा पिन सरकार मौन रहेको र कोशी प्रदेशमा कुरूप राजनीति देखिएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली भूभाग कालापानीमा भारतीय प्रमको नाङ्गो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोशी प्रदेशमा देखियो, यदि यही नै संघीयताको मानक हो भने यस्तो संघीयता देश जोगाउन खारेज गरिनुपर्छ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप