आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकपको फाइनलमा दुईपटक ‘टस’

सोमबार, २९ असोज २०८०, ०९ : ४८
सोमबार, २९ असोज २०८०

काठमाडौँ । सन् २०११ को एकदिवसीय विश्वकप क्रिकेट भारत, श्रीलंका र बंगलादेशले संयुक्त रूपमा आयोजना गरेका थिए । 

त्यो विश्वकपको फाइनलमा एउटा रमाइलो घटना भएको थियो । उक्त विश्वकपको फाइनल खेल भारत र श्रीलंकाबिच भारतको मुम्बईस्थित वानखेड रंगशालामा खेलाइएको थियो । फाइनल खेल सुरु हुनुअघि दुवै टोलीका कप्तान मैदानमा प्रवेश गरे । फाइनल खेलमा म्याच रेफ्री थिए, जेफ क्रोवे । 

टस हुनुअघि श्रीलंकाली कप्तान कुमार सांगाकाराले ‘हेड’ वा ‘टेल’ के रोजेका थिए भन्ने कुरा रेफ्री जेफले राम्ररी सुनेका थिएनन् । टसमा ‘हेड’ आएको थियो । त्यसपछि सांगाकाराले आफूले टस जितेको भन्दै पहिले ब्याटिङ गर्ने निर्णय लिए । 

तर, भारतीय टोलीका कप्तान महेन्द्रसिंह धोनीले त्यसको प्रतिवाद गर्दै टसअघि सांगाकाराले ‘टेल’ रोजेको दाबी गरे । म्याच रेफ्रीले त सांगाकाराले के रोजेका थिए भन्ने कुरा नै सुनेका थिएनन् । त्यसपछि म्याच रेफ्री जेफले पुनः एकपटक टस गराउने प्रस्ताव राखे । त्यो प्रस्तावमा दुवै टोलीका कप्तान सहमत भए । 

दोस्रो पटकको टस श्रीलंकाले जित्यो । त्यसपछि श्रीलंकाले पहिले ब्याटिङ गर्ने निर्णय लियो । त्यो विश्वकपको फाइनलमा भारत ६ विकेटले विजयी भएको थियो । एकदिवसीय विश्वकपको इतिहासमा दुईपटक टस भएको त्यो पहिलो घटना थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप