आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एप्पलले यो हप्ता अपडेटेड आइप्याड लन्च गर्न सक्ने

सोमबार, २९ असोज २०८०, १२ : ०७
सोमबार, २९ असोज २०८०

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले नयाँ आइप्याड लन्च गरेको एक वर्ष भन्दा बढी समय भइसकेको छ । समाचारअनुसार कम्पनीले यो हप्ताभित्रै नयाँ आइप्याड, आइप्याड मिनी र एन टू चिपसहितको आइप्याड एयरको अपग्रेडेड भर्सन लन्च गर्दैछ । सुपरचाज्र्डले छापेको खबर अनुसार नयाँ आइप्याड छिटोमा मंगलबार अर्थात् भोलि आउनेछ । नयाँ आइप्याड पूर्ववर्ती जस्तै देखिने र यसका हार्डवेयर अपग्रेडेड हुनेछन् । खबरलाई पत्याउने हो भने नयाँ आइप्याड एयरमा एप्पल सिलिकन एमटू चिप हुनेछ । 

आइप्याड मिनीमा भने ए१६ बायोनिक चिप हुनेछ । यही चिपलाई कम्पनीले आइफोन १५ र आइफोन १५ प्लसमा पनि राखेको छ । ९टू५म्याकको समाचारअनुसार चाँहि आइप्याड अक्टोबरमै सार्वजनिक गरिएपनि फोनको अनावरणअघि कम्पनीले प्रेस विज्ञप्ति जारी गर्नेछ । ब्लुम्बर्गको समाचारलाई पत्याउने हो भने चाँहि आइप्याड यी वर्ष सार्वजनिक गरिएपनि यो अक्टोबरमा आउने छैन । एप्पलले प्रायः नयाँ आइफोन ल्याएको एक महिनापछि आइप्याड सार्वजनिक गर्ने गरेको छ । एप्पलले दसौँ पुस्ताको आइप्याड सन्  २०२२ को अक्टोबरमा आइफोन १४ सिरिजसँगै सार्वजनिक गरेको थियो । एम१ चिपसतिको नयाँ आइप्याड एयर भने सोही वर्षको मार्चमा ल्याइएको थियो ।

 ए१५ बायोनिकयुक्त आइप्याड मिनीलाई भने सन् २०२१ मा ताजा डिजाइनमा ल्याइएको थियो । अफवाहहरुलाई पत्याउने हो भने एप्पलले नयाँ पुस्ताको आइप्याड प्रोको लाइनअपमा काम गरिरहेको छ । ओएलईडी स्क्रिन हुने यो एप्पलको पहिलो आइप्याड हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप