आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

त्रिदेशीय शृङ्खलाका लागि १८ सदस्यीय क्रिकेट टोलीको घोषणा

सोमबार, २९ असोज २०८०, १३ : ३७
सोमबार, २९ असोज २०८०

काठमाडौँ । आगामी कार्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक क्रिकेट शृङ्खलाका लागि नेपाले १८ सदस्यीय टोलीको घोषणा गरेको छ । शृङ्खलामा नेपालसहित यूएई र हङकङ सम्मिलित छन् ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा विकेटकिपरमा आरिफ शेख र विनोद भण्डारी, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोम्पाल कामी, करन केसी, प्रतिश जिसी, ललित राजवंशी, अविनाश बोहरा, विवेक यादव, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ र मौसम ढकाल रहेका छन् ।

बलात्कार आरोप लागेका सन्दीप लामिछानेले भने यसअघि नै शृङ्खला नखेल्ने घोषणा गरेका थिए । आफू कठिन समयबाट गुज्रिरहेकाले खेलमा सहभागी हुन नसक्ने उनको भनाई थियो ।

cricket

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप