आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेत्रीको घरमा लुटपाट, दुई जना पक्राउ

सोमबार, २९ असोज २०८०, १५ : ०९
सोमबार, २९ असोज २०८०

काठमाडौँ । बलिउड अभिनेत्री निकिता रावलको घरमा लुटपाट भएको छ । अक्षय कुमारको फिल्म ‘गरम मसाला’ मा अभिनय गरिसकेकी यी अभिनेत्रीलाई बन्दुक देखाएर नगद र गहना लुटपाट भएको हो ।

लुटपाटमा उनकै घरमा काम गर्दै आएका एक व्यक्तिसमेत संलग्न रहेको पाइएको छ । बांगुर नगर पुलिस स्टेसनका सिनियर इन्सपेक्टरले लुटपाटबारे उजुरी दर्ता भइसकेको र प्रमोद नाम गरेका एक आरोपित र उनका एक साथीलाई नियन्त्रणमा लिइसकेको जानकारी दिएका छन् ।

प्रमोद अभिनेत्री निकिताकै घरमा काम गर्दै आएका थिए । ‘मलाई विश्वास नै भइरहेको छैन कि मेरै घरमा काम गर्नेमध्ये एक जनाले यस्तो गरेको छ भन्नेमा,’ निकिता भन्छिन्, ‘दुःखको कुरा, मानिस कसरी पहिला विश्वास जित्छन् र पछि यो हदसम्म त्यसलाई दुरुपयोग गर्दछन् ।’

आफ्नो घरबाट साढे तीन लाख नगद र थुप्रै गहना लुटिएको उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप