आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्थायी सरकार बन्यो अब ढुक्क भएर काम गर्नुहोस् : कार्की

सोमबार, २९ असोज २०८०, १८ : ०९
सोमबार, २९ असोज २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गरी कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन आत्मसात गरिनुपर्ने बताए ।  

कार्कीले भने,“अब स्थायी सरकार बनेको छ । तपाईँहरू ढुक्क भए काम गर्नुहोस् । मन्त्री आउने जाने भइरहन्छ तर कर्मचारी मन्त्रीको होइन जनताको भएर काम गर्नुपर्छ ।” 

मुख्यमन्त्री कार्कीले सुशासन दिन सरकारले सम्झौता नगर्ने बताउँदै जनतालाई शासन होइन सेवा दिन राजनीतिकर्मी र कर्मचारी उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । 

मन्त्रीसँगै जनताले कर्मचारीलाई पनि गाली गर्छन् भन्दै मन्त्रीले कर्मचारी र कर्मचारीले नेतालाई गाली गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए । “मन्त्रीलाई पनि जिम्मेवार बनाउनु पर्छ । अब सुन्ने मात्र होइन निकास दिनुपर्छ । जनताको अख्तियारीलाई सही सदुपयोग गर्नुपर्छ,”उनले भने,“आफूले गरेको काम सन्तुष्ट हुने गरी गर्नुहोस् । जनतालाई खुसी बनाउन सहकार्य गरौँ ।” कार्कीले बजेट बनाउँदा खुद्रा भन्दा पनि प्रदेशस्तरको काम गर्ने गरी तयार गरिनु पर्नेमा जोड दिए । 

छलफलमा सहभागी विभिन्न मन्त्रालयका सचिवले सम्बन्धित मन्त्रालयबाट हुँदै आएका काम र समस्याबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप