आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सन्देश सभा

कांग्रेस र एमालेप्रति लक्षित गर्दै प्रचण्डले भने–अझै मिलाइ-मिलाइ ठोक्नु छ

‘कोशीमा सहमतिपछि ढुक्क भयो भनेको एमालेले मन्त्री छिराएछ’
सोमबार, २९ असोज २०८०, १८ : १७
सोमबार, २९ असोज २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय अंकगणितमा समाजवादी मोर्चा निकै कमजोर भएकाले सरकारको नेतृत्व लिन सजिलो नभएको बताएका छन् । समाजवादी मोर्चामा रहेका चार दलमध्ये तीन दल सरकारमै रहेकाले काम गर्न अप्ठ्यारो भएको उनले बताए । 

‘मोर्चामा आबद्ध चार दललाई काम गर्न सजिलो छैन । विप्लवजी सरकार बाहिर रहेकाले बोल्ने स्वतन्त्रता छ । अलिअलि लड्ने स्वतन्त्रता छ’, सोमबार सुदूरपश्चिमको धनगढीमा भएको मोर्चाको सभामा उनले भने, ‘हामी मिल्दा जम्मा ५४ सिट हो । कांग्रेस एक्लै झण्डै ९० को नजिक छ । एमाले एक्लै ८० को नजिक छ । अनि साथीहरू ठोक्नोस् बेसरी ठोक्नोस् भन्नुहुन्छ । परिस्थिति त्यस्तो छ । मिलाएर ठोकेन भने आफैतिर उल्टिने खतरा छ । यो कुरा पनि तपाई बुझ्न जरुरी छ । बडो मिलाइ मिलाई ठोक्नु छ अझै ।’

ठूलो पार्टीभित्र डाइनामीक फरक–फरक देखिएकाले सदुपयोग गर्न सके फाइँदा हुने  उनले जिकिर गरे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले कांग्रेस पार्टी होकि मञ्च हो कि मोर्चा हो बुझिनसक्नु भएको बताए । 

‘एमालेमा पहिलो पटक चिराचिरा परेको छ । त्यसलाई सदुपयोग गर्न सके राम्रै हुन्छ । कांग्रेस पार्टी हो कि मञ्च होकि मोर्चा हो बुझिनसक्नु छ । कोशीमा देखिहाल्नुभयो । त्यहाँ दुईवटा गठबन्धन बन्यो । हाम्रो एउटा गठबन्धन र एमाले र कांग्रेसको अर्को गठबन्धन लाजमर्दो ।’

कोशीमा देखिएको समस्यालाई समाधान गर्न आफूसहित शेरबहादुर देउवा र शेखर कोइरालाबीच दुई दिनसम्म बैठक बसेको उनले बताए । सहमति भएपछि ढुक्क भयो भनेको फेरि एमालेले चलखेल गरेर एकजना मन्त्री छिराएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप