आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

सोमबार, २९ असोज २०८०, २० : ५२
सोमबार, २९ असोज २०८०

आज २०८० असोज २९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा लाखौँ जनता सडकमा उतार्ने प्रचण्डको चेतावनी, कोशीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने, दसैँ बिदामा न्यायालयले यसरी दिनेछ आंशिक सेवा, दसैँका लागि घर फर्कनेको भीड, कोशी प्रकरणले कस्तो होला गठबन्धनसँग एमालेको सम्बन्ध ?, वनका कर्मचारी प्रदेशमै राखिने, नयाँ नोट सटही सुरु, खाद्यले भोलिदेखि खसीबोका बेच्ने लगायत छन् ।

१. लाखौँ जनता सडकमा उतार्ने प्रचण्डको चेतावनी

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौँ जनता सडकमा उतार्ने चेतावनी दिएका छन् । समाजवादी मोर्चाले सोमबार धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रान्तिकारीको विरुद्ध जनतालाई सडकमा उतार्नुपर्ने खाँचो औँल्याएका हुन् ।

२. कोशीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनेसम्बन्धी सूचना प्रदेशसभामा दर्ता गराएका छन् । 

३. दसैँ बिदामा न्यायालयले यसरी दिनेछ आंशिक सेवा 

दसैँ बिदामा पनि सर्वोच्च अदालत लगायतका अदालतहरू खुल्ने भएका छन् । केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि अदालतहरू खुल्ने सर्वोच्च अदालतले जनाएको छ ।  

४. दसैँका लागि घर फर्कनेको भीड

दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको गोंगबु बसपार्कमा भीड लाग्ने गरेको छ । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ–संस्था बन्द भएपछि दसैँ मनाउनका लागि घर फर्किन लागेका हुन् । 

५. कोशी प्रकरणले कस्तो होला गठबन्धनसँग एमालेको सम्बन्ध ?

नेपालको राजनीतिक वृत्तमा पछिल्लो समय दलहरूबिच नाटकीय मिलन र बिछोडको संयोग रोचक बन्दै गएको छ । राजनीतिक वृत्तमा ठूलो कम्पन आउने गरी कोशी प्रदेशमा कांग्रेसका शेखर समूहले विद्रोह गरी मुख्यमन्त्री हात पा¥यो । वामपन्थी दलहरूमा यस्ता विद्रोह खासै नौलो नभए पनि कांग्रेसभित्र शेखरको विद्रोहलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् ।

६. वनका कर्मचारी प्रदेशमै राखिने

कर्मचारी समायोजन ऐन विपरीत फाजिलमा राखिएका वनका कर्मचारीलाई सरकारले प्रदेशमै समायोजन गर्ने भएको छ । सातवटै प्रदेशले कर्मचारी व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर दरबन्दी सिर्जना गरेर उनीहरूलाई प्रदेशमै समायोजन गर्ने तयारी गरेका हुन् । 

७. नयाँ नोट सटही सुरु, खाद्यले भोलिदेखि खसीबोका बेच्ने

दसैँका लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही थालेको छ । वाणिज्य बैंकहरुको सीमित शाखामा पनि यो सुविधा उपलब्ध गराइएको छ । यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि काठमाडौँ उपत्यकामा खसीबोका बिक्री सुरु गर्ने भएको छ ।

८. मदन र जगदम्बाश्री पुरस्कार प्रदान

मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार प्रदान गरिएको छ । ललितपुरमा एक कार्यक्रमका बिच सोमवार २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बाश्री पुरस्कारबाट पुरस्कृत भएका मुखियालाई पुरस्कार प्रदान गरिएको हो ।

९. इजरायलमा सम्पर्कविहीन भएका विपिनको खोजी जारी

इजरायलमा सम्पर्कविहीन बनेका विपिन जोशीको खोजी कार्य जारी छ । त्यसका लागि नेपाल इजरायल सरकारसँग पहल गरिरहेको सरकारले जनाएको छ ।

१०. एनआरएनएको चुनाव निष्पक्ष हुने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन स्वच्छ र निष्पक्ष हुने बताएका छन् । माओवादी केन्द्र प्रवास समन्वय समितिले सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको अन्तरक्रियामा उनले ढुक्क भएर चुनावी प्रतिस्पर्धामा लाग्न आग्रह गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप