आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश प्रमुखसमक्ष जनलोकपाल आयोगको वार्षिक प्रतिवेदन पेस

सोमबार, २९ असोज २०८०, २२ : ४०
सोमबार, २९ असोज २०८०

महेन्द्रनगर । मधेस प्रदेशका प्रमुखसमक्ष जनलोकपाल आयोगको दोस्रो प्रतिवेदन पेश भएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष प्रदेश जनलोकपाल आयोगका अध्यक्ष रामसहाय राय यादवको नेतृत्वमा गएको टोलीले आज आव २०७९–८० को दोस्रो वार्षिक प्रतिवेदन पेस गरेको हो ।

 ‘प्रदेश जनलोलपाल ऐन, २०७७’ को दफा (३१) को उपदफा (१) व्यवस्थाबमोजिम प्रतिवेदन पेस भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले बताए  । प्रदेश जनलोकपाल कार्यालय जनकपुरधाममा विभिन्न माध्यमबाट ३२ वटा उजुरी परेको र त्यसमा धेरैजसो स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमिततालाई छानबिन गरी प्रक्रिया अन्तिम चरणमा रहेका छन् ।

सो अवसरमा जनलोकपाल सदस्य राजकिशोरप्रसाद साह, शोभाकुमारी महतो, कार्यालय प्रमुख जयकुमार राउत, प्रशासन प्रमुख जीतेन्द्र यादवलगायतका कर्मचारी उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप