आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कालिकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

मङ्गलबार, ३० असोज २०८०, ०७ : ४८
मङ्गलबार, ३० असोज २०८०

सुर्खेत । कालिकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ   ।  मृत्यु हुनेमा रास्कोट नगरपालिका–७ का सक्कल बहादुर शाही रहेका छन् ।

उनी जीप चालक हुन् । बाजुराबाट कालिकोट आउने क्रममा सान्नि त्रिवेणीको सिस्नेगडा भन्ने ठाउँमा जीप दुर्घटनामा परेको थियो ।

ग १ ज ५७९५ नम्बरको जीप आज बिहान ३ बजे दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ३० मिटर तल खसेको र जीपमा चालक बाहेक अन्य यात्रु नभएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप