आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साहित्यकार चित्तरञ्जन नेपालीको निधन

मङ्गलबार, ३० असोज २०८०, ०८ : १०
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । साहित्यकार चित्तरञ्जन नेपालीको निधन भएको छ । नेपालीको आइतबार ९३ वर्षको उमेर हृदयाघातको कारण निधन भएको उनका भतिज मञ्जुल प्रसाद राजभण्डारीले जानकारी दिए । 

राजभण्डारीका अनुसार उनको आइतबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । चित्तरञ्जन नेपालीले सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले वि. सं. २०१३ सालमा मदन पुरस्कार समेत प्राप्त गरेका थिए ।

चित्तरञ्जन नेपाली उनको साहित्यिक नाम हो । उनको वास्तविक नाम भने  नारायण प्रसाद राजभण्डारी हो । उनी नेपाली इतिहासकार, निबन्धकार र रङ्गकर्मी पनि हुन् । उनले लामो समय सरकारी सेवामा समेत बिताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप