आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एनआरएनए विश्व सम्मेलन

सरकार एनआरएनएसँग थप हातेमालो गर्न चाहन्छ : परराष्ट्रमन्त्री

मङ्गलबार, ३० असोज २०८०, १० : ३७
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग थप हातेमालो गर्न चाहेको बताएका छन् । मंगलबारदेखि राजधानीमा सुरु भएको संघको ११ औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दै आइरहेको जानकारी दिए । 

उनले एनआरएनएको माग र एजेन्डा समेट्न परराष्ट्र मन्त्रालयले छुट्टै महाशाखा बनाएको उल्लेख गर्दै एनआरएनए भनेको सरकारको अवैतनिक राजदूत भएको बताए । 

‘एनआरएनएको माग र मुद्दा सम्बोधन गर्न सरकारले छुट्टै महाशाखाको व्यवस्था गरेको छ’, उनले भने, ‘सरकारले एनआरएनएलाई प्रोत्साहन गर्न नीतिगत पहल र प्रयत्न गर्दै आएको छ । यस विषयलाई थप गतिशील सार्थक बनाउन सरकार प्रयासरत छ भने नेपाल सरकार एनआरएनएसँग थप हातेमालो गर्न चाहन्छ ।’

उनले विदेशबाट लगानी भित्र्याउन र नेपाली कला तथा संस्कृतिलाई विश्वभर फैलाउन भूमिका खेल्न एनआरएनएलाई आग्रह गरे ।  उनले संघमा महिला, युवा र दोस्रो पुस्ताका एनआरएनएलाई समेट्दै दायरा फराकिलो बनाउन पनि आग्रह गरे । युवा र महिलालाई सशक्त बनाउँदै अघि बढ्दा एनआरएनए अभियानलाई थप बलियो बनाउन सकिने उनको भनाइ छ ।  

उनले नेपाली राजनीतिमा पनि गैरआवासीय नेपालीको उपस्थिति महत्त्वपूर्ण रहेको उल्लेख गर्दै हरेक चुनावमा दलहरूको एजेन्डामा एनआरएनएको विषय पनि हुने गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप