आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जीन संशोधित सुँगुरको मिर्गौलाले २ वर्ष बाच्यो बाँदर, मान्छेमा पनि होला परीक्षण सफल ?

मङ्गलबार, ३० असोज २०८०, १० : ४५
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । हरेक दिन मिर्गौला नपाएर विश्वमा १३ जनाको मृत्यु भइरहेको छ । केही वैज्ञानिकहरूले भने सुँगुरले यो समस्याको समाधान गर्न सक्छ कि भनेर सोच्न थालेका छन् । 

नयाँ परीक्षणमा अनुसन्धानकर्ताहरूले जीन हेरफेर गरिएको सुँगुरको मिर्गौलालाई बाँदरमा प्रत्यारोपण गरेका थिए । सो बाँदर २ वर्षसम्म बाँच्यो । यो सफलताले वैज्ञानिकहरूले मानवमा पनि यस्तै खालको परीक्षण सफल हुनसक्ने भन्ने आशा पलाएको छ । 

विश्वभर ८ देखि १६ प्रतिशत मानिसमा मिर्गौलाको समस्या छ । सन् २०१९ मा मात्रै समयमा मिर्गौला प्रत्यारोपण गर्न नपाउँदा २ लाख ५० हजार भन्दा धेरै जनाको मृत्यु भएको अध्ययनले देखाएको छ । डायलाइसिस पनि यो समस्याको अचुक समाधान होइन । डाइलाइसिस सुरु गरेको ५ वर्षभित्र व्यक्तिको मृत्यु हुने सम्भावना ५० प्रतिशत रहेको अर्को अध्ययनले देखाएको छ । 

यस्तोमा वैज्ञानिकहरूले विकल्प खोजिरहेका छन् । सुँगुरको मिर्गौलाको संचरना मान्छेसँग लगभग मिल्छ । बाँदरमा गरिएको परीक्षणका लागि  वैज्ञानिकहरूले युक्याटन जातका सुँगुर लिएका थिए । यसको तौल औसत अमेरिकी महिलाहरूको जत्तिकै हुन्छ । मिर्गौलाको आकार पनि लगभग मानवको जत्रै हुन्छ । मिर्गौलालाई अर्को जीवमा काम गर्न सक्ने बनाउन वैज्ञानिकहरूले सुँगुरको जीन हेरफेर गरेका थिए । मान्छेकै मिर्गौला प्रत्यारोपण गर्दा पनि बिरामीले आजीवन आफ्नो प्रतिरक्षा प्रणालीलाई दबाउन औषधि खानु पर्छ । 

बाँदरमा सुँगुरको मिर्गौला राख्दा उल्लेख्य मात्रामा प्रतिरक्षादमनकारी (इम्युनो सप्रेसिभ) औषधि चलाउनु परेको थियो । यो मानवमा सम्भाव्य थिएन । पछिल्लो परीक्षणमा सुँगुरमा तीन ओटा जीन हेरफेरपछि मानव शरीरले सहन सक्ने जति मात्रै औषधि सेवनले पुग्ने देखिएको छ । 

पहिलो संशोधनमा ग्लाइकोन एन्टिजेन बनाउने जीनको हिस्सा निकालिएको थियो भने अन्य दुईमा किड्नीको रिजेक्शन पाथवे नियमन गर्न सात ओटा मानव जीन थपियो । अनुसन्धानकर्ताहरुले मिर्गौलालाई अन्य जातिमा प्रत्यारोपण गरेपछि एन्ड्रोजेनस रेट्रोभाइसलाई निष्क्रिय पारे । 

यी सबै जीन हेरफेर र इम्युनो सप्रेसिभ औषधिको सेवनले बाँदरको आयु बढाएको वैज्ञानिकहरू बताउँछन् । यो परीक्षणमा २० भन्दा धेरै बाँदरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर सबै बाँदरमा हालिएको मिर्गौलामा एउटै खाले जीन संशोधन थिएन । मानवमा पाइने सात ओटा जीन नहालिएको सुँगुरको मिर्गौला प्रत्यारोपण एउटै बाँदर ५० दिनभन्दा बढी बाँचेनन् । 

तीनै थरी जीन हेरफेर गरिएका सुँगुरको मिर्गौला हालिएका बाँदर लामो समय बाँचे । पाँच ओटा बाँदर एक वर्षभन्दा बढी बाँच्न सके । एउटाको आयु २ वर्षभन्दा बढी लम्बियो । सेप्टेम्बरमा मुटुको रोगले मर्ने अवस्थामा पुगिसकेका ५८ वर्षका एक पुरुषमा जीन संशोधन गरिएको सुँगुरको मुटु राखिएको थियो । उनी अहिलेसम्म पनि जीवित छन् । मिर्गौलाले पनि यस्तै काम गर्ला त ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप