आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वनप्लसलाई टक्कर दिन सामसङले ल्यायो फोल्डेबल फोन

मङ्गलबार, ३० असोज २०८०, १३ : ०१
मङ्गलबार, ३० असोज २०८०

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले ग्यालेक्सी जेड फिल्प ५ को नयाँ अवतार ल्याएको छ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसले आफ्नो पहिलो फोल्डेबल फोन ओपन लञ्च गर्नै लाग्दा सामसङले स्टनिङ येलोमा ग्यालेक्सी जेड फिल्प ५ ल्याएको हो ।

यो फोनले वनप्लसको वनप्लस ओपनलाई कडा टक्कर दिने विश्लेषण गर्न लागिएको छ । अक्टोबर १९ मा कम्पनीले वनप्लस ओपन अनावरण गरिँदैछ । कम्पनीले यस अघि नै अप्शन मिन्ट, ग्रेफाइट, क्रिम र ल्याभेन्डर गरी चार रंगमा ग्यालेक्सी जेड फिल्प ५ ल्याएको थियो । अब भने नयाँ स्टनिङ येलो रंगमा फोन ल्याइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप