आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिनेत्री प्रिया प्रकाश वारियरले गुपचुप गरेकी हुन त बिहे ?

मङ्गलबार, ३० असोज २०८०, १३ : ०७
मङ्गलबार, ३० असोज २०८०

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री प्रिया प्रकाश वारियरले गुपचुप तरिकाले बिहे गरेको दाबी गरिएको छ । उनी सन् २०१९ मा आँखा झिम्क्याएको दृश्यबाट रातारात सेन्सेशन बनेकी थिइन् ।

 तर त्यसयता उनी खासै लाइमलाइटमा आइनन् । प्रियाले हालै आफ्नो नयाँ तस्विर सार्वजनिक गरेकी छिन् । यो तस्विरमा उनको सिउँदोभरि सिन्दुर छ । 

तस्विरमा उनले पारम्परिक कसावु साडी लगाएर तलाउमा फरक फरक अन्दाजमा फोटो खिचाएकी छिन् । यो तस्वीर साँच्चै बिहेपछि खिचेको हो वा कुनै फिल्मको हो यो रहस्य केही दिनपछि बाहिरिएला । उनी आफै भने यसबारे केही बोलेकी छैनन् । 

अन्तिम पटक प्रिया समुचिरकानीद्वारा निर्देशित तेलुगु फिल्म बीआरओमा पवन कल्याण र साई धर्म तेजसँग देखिएकी थिइन् । हाल उनी यारिया २ मा खेल्ने तयारीमा छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप