आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अवैध अमेरिकी डलरसहित चिनिया मुलका भारतीय विमानस्थलबाट पक्राउ

मङ्गलबार, ३० असोज २०८०, १४ : २३
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित चिनिया मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन विमानस्थलमा ओर्लेर दिल्ली उड्न लागेको अवस्थामा पक्राउ परेका हुन् । । 

थिन्लेको साथबाट १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र ५ हजार भारतीय रुपैयाँ बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डिआईजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए । 

उनी भारतको धर्भशालामा बस्ने गरेको थाहा भएको छ । छोदेनबाट बरामद डलर र चिनियाँ रुपैयाँ नेपाली ३१ लाख ८० हजार बराबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप