आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रिलिजअघि नै विजय थलपतिको लियोले कमायो सय करोड भारु

मङ्गलबार, ३० असोज २०८०, १५ : ०२
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । भारतीय सिनेमामा सय करोड क्लबलाई सफलताको मापदन्ड मानिँदै आएको छ । यो क्लबमा पुग्ने फिल्मलाई हिट मानिन्छ । ठूलो बजेट छ भने सय करोड भारुको कमाईलाई कम्तीमा पनि हिट हुने लक्षणका रुपमा हेरिन्छ ।

प्रदर्शनको एक दुई दिनमा यति कमाई गर्ने फिल्ममा आरआरआर र जवान आदि फिल्म छन् । रिलिज हुनु अघि नै सय करोड भारुभन्दा धेरै कमाइ गरेर अहिले एउटा फिल्म सबैको मुखमा झुन्डिरहेको छ ।

तर यो फिल्म बलिउडको होइन, दक्षिण भारतीय हो । थलपति विजयको अपकमिङ फिल्म लियोले रिलिज हुनु भन्दा दुई दिन अघि एड्भान्स बूकिङमा सय करोड भारुभन्दा धेरैको टिकट कमाएको छ । भारतीय बजारमा मात्रै सोमबारसम्म ४० करोड भारु बराबरको टिकट विक्री भएको छ । दुनियाँभरमा भने लगभग ९० करोड भारुको टिकट बेचिएको छ ।

मंगलबार बिहानसम्म विक्री सय करोड भारु नाघेको बताइएको छ । एड्भान्स बूकिङ शुरु भएको पहिलो दिनमै फिल्मले भारतमा २५ करोड र दुनियाभरमा ६० करोड भारु कमाएको थियो । फिल्मले बुधबार रातसम्ममा सलमान खानको पठान र शाखरुख खानको जवानको एड्भान्स बूकिङको रेकर्ड तोड्ने भविष्यवाणी ट्रेड ट्र्याकर सेकनिलकले गरेको छ । लियो अक्टोबर १९ मा रिलिज हुँदैछ । यस फिल्ममा सञ्जय दत्त, तृषा कृष्णन, अर्जुन सरजा आदिको पनि अभिनय रहेको छ । एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप