आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा डा. साह नियुक्त

मङ्गलबार, ३० असोज २०८०, १५ : ४७
मङ्गलबार, ३० असोज २०८०

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. सोहन साहलाई नियुक्त गरेको छ । प्रदेश सरकारको गत असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मधेस प्रदेश नीति आयोगको गठन तथा कार्य सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ग) बमोजिम आयोगको सदस्यमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।

करिब एक दशकदेखि अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका डा.साहले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन् । उनी हाल मार्टिन चौतारीमा आवद्ध भएर अध्ययन अनुसन्धानको काम गर्दै आएका थिए ।

मधेस प्रदेश सरकारले पहिलो पटक सार्वजनिक गरेको मधेस प्रदेश सरकारको आर्थिक सर्वेक्षण उनैले तयार पारेका थिए । उनी मधेसको शिक्षा सुधारको क्षेत्रमा अभियन्ताका रुपमा समेत चिनिन्छन् ।

डा. साहले मधेस प्रदेश सरकारको मुख्य चुनौतीको रुपमा रहेको साक्षरता अभियानलाई योजनाबद्ध ढंगले सघाउने बताए । साक्षता दर बढाउन नीति अनुसन्धानको मुख्य भूमिका रहने भएको हुँदा यसलाई मुख्य प्राथमिकता राखेर अगाडि बढ्ने उनको भनाइ छ ।

मुख्यमन्त्री अध्यक्ष रहने नीति तथा योजना आयोगमा बढीमा ८ सदस्य रहने प्रावधान छ । डा. साह तेस्रो सदस्यको रुपमा नियुक्त भएका हुन् । यसअघि आयोगको उपाध्यक्षमा नथुराम चौधरी र सदस्यहरुमा डा.हरिशंकर प्रसाद साह र शिला मिश्रलाई मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप