आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजारमा दोहोरो अंकको वृद्धि

मङ्गलबार, ३० असोज २०८०, १५ : ५८
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३.१८ अंकको सुधार आएको छ । कारोबार समयदेखि नै बढ्न थालेको नेप्सेमा अन्तिम समयमा केही करेक्सन देखिएपनि दोहोरो अंकले बढेर रोकिएको हो । 

वाणिज्य बैंकहरुले ब्याजदर सामान्य घटाएको दिन परिसूचक ०.७१ प्रतिशतले बढेको छ ।

यसक्रममा आज नेप्सेमा ३८ लाख कित्ता बराबरको १ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, ५७ कम्पनीको सेयर घट्दा ७ कम्पनीको स्थिर छ भने १७३ कम्पनीको वृद्धि भएको छ । परिसूचक बढेपनि आज एनआईबीएल प्रगति फण्डको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले मात्रै बढेको छ ।

यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्यमा ८.५३ प्रतिशतको गिरावट आएको छ । आज यही कम्पनीको सेयर सबैभन्दा धेरैको कारोबार भएको छ । आज हाथवे इन्भेष्टमेन्टको सेयर ४ करोड ६२ लाख रुपैयाँको कारोबार भएको हो ।

परिसूचक बढेपनि तीन समूहको सेयरमा भने गिरावट आएको छ । आज होटल र टुरिजम, निर्जीवन बीमा र व्यापार समूहमा गिरावट आएको हो । यसबाहेक, अन्य सबै समूहको सूचक वुद्धि भएको छ । जीवन बीमा समूह ८८ अंकले बढ्दा लघुवित्त समूहको सूचक २८ अंकले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप