आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए सचिवमा लोक दाहालको उम्मेदवारी, के छन् एजेन्डा ?

मङ्गलबार, ३० असोज २०८०, १६ : २५
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा लोक दाहालले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावमा रमेश दाहाल र खुम गुरुङ  तथा समर्थकमा सुरज न्यौपाने र सीता कुमारी दाहाल रहेका छन् । 

। दाहाल वर्तमान कमिटीका कोषाध्यक्ष हुन्। उनले राजेन्द्रकुमार (आरके) शर्मा समूहबाट सचिव पदमा निर्वाचनमा सहभागी भएका हुन् । 

उनी एनआरएनए अभियानका लोकप्रिय अभियन्ता तथा सफल व्यवसायीको रूपमा चिनिन्छन् ।

एनआरएन अभियानमा विगत १५ वर्षदेखि निरन्तर सक्रिय दाहालले आफू एकैचोटि नभई स्टेप वाई स्टेप जिम्मेवारी वहन गर्दै अघि बढेको बताए । धादिङ घर भएका दाहाल बेल्जियमलाई कर्म थलो बनाई नेपालसम्म विभिन्न क्षेत्रका व्यवसायमा सफल हुँदै गएका छन् । उनी एनआरएनए बेल्जियमको महासचिव, अध्यक्ष, आइसिसीको सहकोषाध्यक्ष हुँदै हाल कोषाध्यक्षको जिम्मेवारीमा रहेका हुन् । 

पारदर्शी प्रशासन: खुला र समावेशी सूचना, दोस्रो पुस्ताका लागि सबल र अबल संघको निर्माण, सहयोगात्मक सञ्जालको निर्माणलगायतका एजेन्डा उनले अघि सारेका छन् । ५ जना निर्वाचित हुने सचिव पदमा १५ जनाको उम्मेदवारी परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप