आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘टाइगर’बाट टाढिएर पनि एक्साइटेड छन् कबीर खान

मङ्गलबार, ३० असोज २०८०, १७ : ५२
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । सलमान खानको टाइगर ३ को ट्रेलरले हंगामा मच्चाएको छ । रिलिज भएको २४ घण्टामै यो फिल्मको ट्रेलरलाई युट्यूबमा ४ करोड भ्यूज आएको छ भने १४ लाख लाइक्स मिलेको छ ।

सन् २०१२ मा टाइगर फ्रेन्चाइजीको पहिलो फिल्म एक था टाइगर रिलिज भएको थियो । सो फिल्मलाई कबीर खानले निर्देशन गरेका थिए । तर त्यसपछि उनी सो फ्रेन्चाइजीबाट अलग्गिए । दोस्रो फ्रेन्चाइजी टाइगर जिन्दा हेलाई अली अब्बास जफरले निर्देशन गरे ।

टाइगर आफूले सृजना गरेको भन्दै फिल्मको तेस्रो फ्रेन्चाइजीका लागि कबीर एक्साइटेड देखिएका छन् । ‘यो फ्रेन्चाइजीको फिल्म आउँदा म नर्भस हुन्छ । फिल्म कहिले रिलिज होला भनेर कुरेर बस्छु । यसपाली पनि हालत यस्तै छ । म नर्भस छुँ,’ उनले भनेका छन् । टाइगर३ मा इमरान हासमी पनि छन् । उनी यस फिल्ममा खलनायकको भूमिकामा छन् ।

टाइगर फ्रेन्चाइजीको सफलतापछि यशराज फिल्म्सले ‘स्पाई युनिभर्स’ बनाएको छ । तर यसमा कबीर खान छैनन् । एक था टाइगर आउँदा ‘स्पाई युनिभर्स’को कुनै योजना थिएन । न त आदित्य चोपडाले यसबारे उनलाई केही कुरा भनेका थिए । तर नयाँ नयाँ फ्रेन्चाइजीमा उनले मौकै पाएनन् । एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप