आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यद्वारा राजीनामा

मङ्गलबार, ३० असोज २०८०, १८ : २१
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डबाट पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा डा. सुरेश तिवारी, डा.तारा साह, चन्द्र थापा, टीका चापागाईँ र इन्द्रकला राई रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रम भद्रगोल बनाउने मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरिएको उनीहरूको आरोप छ ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मन्त्रीले स्वास्थ्य बीमा कार्यक्रमलाई स्वायत्त बन्न नदिन लागि परेको उनीहरूको भनाइ छ ।

यस्तै, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कार्यकारी निर्देशकलाई तीन महिनाका लागि निलम्बन गरिएका हुन् । यस्तै, आठ महिनादेखि बोर्ड अध्यक्ष विहीन छ । अब पाँच जनाले राजीनामा दिएपछि बोर्डमा निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका दुई जना प्रतिनिधि सदस्य मात्रै छन् ।

bima  111

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप