आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतले ल्याउँदैछ इजराइलबाट १८ जना नेपाली

मङ्गलबार, ३० असोज २०८०, १८ : ४७
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । भारतले मंगलबार इजराइलबाट आफ्ना २८६ जना नागरिकलाई स्वदेश ल्याउँदैछ । त्यसमध्ये १८ जना नेपाली पनि रहेको बताइएको छ ।

भारतका विदेश मन्त्री डा.एस.जयशंकरका अनुसार इजराइबाट आउने २८६ जनामध्ये १८ जना नेपाली रहेका छन् । भारतले इजराइलबाट आफ्ना नागरिक फर्काउनका लागि ‘अप्रेसन अजय’ सुरु गरेको छ ।

सोही अप्रेसन अन्तर्गत भारतले आफ्ना नागरिकलाई धमाधम ल्याइरहेको छ । अक्टुबर १३ मा पहिलो पटक भारतले २११ जना नागरिकलाई ल्याएको थियो । भारतीय सञ्चारमध्यमका अनुसार इजाराइलमा १८ जना भारतीय स्थायी रुपमा बस्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप