आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेश : राप्रपा तटस्थ बस्ने

मङ्गलबार, ३० असोज २०८०, १९ : २०
मङ्गलबार, ३० असोज २०८०

विराटनगर । मुख्यमन्त्री केदार कार्कीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ । अन्य दलहरूले विश्वासको मत दिने तयारी गरिरहँदा राप्रपाले भने पक्षमा मतदान नगर्ने जनाएको हो ।

‘हामीले कुनै निर्णय गरेका छैनौँ,’ राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने, ‘अहिलेसम्म विपक्षमा मतदान गर्नुपर्छ भनेर छलफल भइरहेको छ । भोलि बिहान १० बजे संसदीय दलको बैठक राखेका छौँ, त्यसले थप निर्णय गर्छ ।’

एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा ९माओवादी केन्द्र०ले पनि कार्कीलाई विश्वासको मत दिने जनाएको छ । गठबन्धनको निर्णय विपरीत नेपाली कांग्रेसबाट विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप