आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटालीलाई हराउँदै इंग्ल्याण्ड युरो २०२४ मा छनोट

बुधबार, ०१ कात्तिक २०८०, ०८ : २३
बुधबार, ०१ कात्तिक २०८०

वेम्ब्ले । एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालीलाई हराएर इंग्ल्याण्ड आगामी वर्ष जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड ३–१ गोलले विजयी बनेको हो  ।

खेलको १५ औँ मिनेटमा वेस्ट ह्यामका स्ट्राइकर जियानलुका स्कामाकाले इटालीलाई अग्रता दिलाएका थिए । तर खेलको ३२ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे ।

दोस्रो हाफको ५७ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा गोल गर्दै मार्कस रासफोर्डले इंग्ल्याण्डलाई पहिलोपटक अग्रता दिलाए । ७७ औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । पछिल्ला ६ युरोपियन च्याम्पियनसिपको छनोटमा केनले ७ गोल गर्नुका साथै दुईवटा गोलको अवसर सिर्जना गरेका छन् ।

इंग्ल्याण्डले आफ्नो घरेलु मैदानमा इटालीलाई हराएको सन् १९७७ को नोभेम्बरपछि पहिलोपटक हो । गत मार्चमा इंग्ल्याण्डले इटालीलाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो ।

पराजयसँग समूह सीमा इटाली तेस्रो स्थानमा खस्किएको छ । अब दोस्रो स्थानमा रहेको युकेनविरुद्धको खेल उसको लागि निर्णायक बन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप