आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वार्षिक १ डलरवाला सब्सक्रिप्शन परीक्षण गर्दै एक्स

बुधबार, ०१ कात्तिक २०८०, ११ : २१
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सले नयाँ सब्सक्रिप्शन मोडल परीक्षण गर्ने भएको छ । यसमा वार्षिक १ डलर मात्रै लिएर प्रयोगकर्ताहरूलाई सामान्य फिचर चलाउन दिइनेछ । 

नयाँ सब्सक्रिप्शनलाई ‘नट अ बोट’ नाम दिइएको छ । यसमा प्रयोगकर्ताहरूलाई लाइक, रिपोष्ट र अरू एकाउन्टको पोटलाई कोट गर्न र पोष्टलाई बूकमार्क गर्न दिइनेछ । बोट र स्प्यामरहरुविरुद्ध लड्न नयाँ सब्सक्रिप्शन मोडल ल्याइएको कम्पनीले बताएको छ । डलरको विनिमय दर अनुसार देशैपिच्छे यो दर फरक हुने बताइएको छ । 

अहिलेका लागि भने सुरुमा यो मोडल न्युजिल्यान्ड र फिलिपिन्समा उपलब्ध गराइनेछ । यस परीक्षणमा विद्यमान प्रयोगकर्ताहरू प्रभावित हुने छैनन् । तर यो सब्सक्रिप्शन लिने नयाँ प्रयोगकर्ताहरुले पोष्टहरु हेर्न र पढ्न, भिडियो हेर्न र एकाउन्टहरू फलो गर्न मात्रै पाउनेछन् । एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप