आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित, अब कात्तिक १७ र १८ गते सञ्चालन हुने

बुधबार, ०१ कात्तिक २०८०, ११ : २६
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । बालबालिकालाई खुवाउने ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ स्थगित भएको छ । परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखाका अनुसार बालबालिकाहरूका लागि हरेक वर्ष राष्ट्रिय भिटामिन ए खुवाउने कार्यक्रमको निर्धारित समय कात्तिक २ र ३ गते दसैँको बेला पर्न गएकोले उक्त कार्यक्रम स्थगित गरिएको हो ।  

‘भिटामिन ए कार्यक्रम’ अब यही कात्तिक १७ र १८ गते सञ्चालन हुने महाशाखाले जनाएको छ । भिटामिन ए नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरूलाई  खुवाइनेछ । यस्तै १ वर्षदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप