आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनलाई उन्नत चीपको बिक्रीमा बाइडेन प्रशासनले गर्‍यो थप कडाइ

बुधबार, ०१ कात्तिक २०८०, ११ : ३०
बुधबार, ०१ कात्तिक २०८०

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको सरकारले चीनलाई उन्नत कृत्रिम बौद्धिकतायुक्त चीपको विक्रीमा थप कडाइ गरेको छ ।  मंगलबार सार्वजनिक गरिएका प्रतिबन्धका उपायहरूमा यस प्रतिबन्धमा एनभिडिया र अन्य कम्पनीलाई पनि सामेल गरिएको छ । यो नियम ३० दिनभित्र लागू हुनेछ ।

यसमा इरान र रुससमेतलाई परिष्कृत चीप र चीप बनाउने टूलको प्रयोगमा व्यापक कडाइ गरिएको छ भने चीनको चीप डिजाइनर मूर थ्रेड र बाइरेनलाई कालो सूचीमा राखिएको छ । नयाँ नियमले गएको अक्टोबरमा सार्वजनिक नियमनमा रहेको छिद्रहरूलाई पूरै टाल्न खोजिएको वाणिज्य मन्त्री जिना राइमन्डोले भनेकी छिन् । चीनले सैन्य गतिविधिमा प्रयोग गर्न सक्ने कृत्रिम बौद्धिकता र परिष्कृत कम्प्युटरको विकासलाई रोक्न उन्नत चीप चीनको पहुँच सीमित बनाउन खोजिएको उनले बताइन् ।

बाइडेन प्रशासनले चीनलाई आर्थिक रूपमा क्षति पुर्‍याउन भने नखोजेको उनको जिकिर थियो । उन्नत चीप किन्न रोक लगाएपनि चीनले खर्बौँ डलर मूल्यका अमेरिकी चीप आयात गर्न पाउने उनले बताइन् । 

अमेरिकाले लगाएको नयाँ प्रतिबन्धको चीनले कडा विरोध गरेको छ । चिनियाँ सेनाको आधुनिकीकरणमा अमेरिकी प्रविधिले भूमिका खेलेको भन्दै चौतर्फी चिन्ता बढिरहेकै बेलामा ल्याइएको पछिल्लो उपायले भने बाइडेन प्रशासन चीनतर्फ चीप र चीप बनाउने टूल निकासी सुस्त बनाउन संघर्षरत रहेको देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप