आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

पुरुष विश्वकपभन्दा पहिले महिला विश्वकप

बुधबार, ०१ कात्तिक २०८०, १२ : १४
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । आईसीसी पुरुष एकदिवसीय विश्वकपको पहिलो संस्करण सन् १९७५ मा आयोजना भएको थियो । पुरुष विश्वकपको पहिलोदेखि तेस्रोसम्म लगातार तीनवटा संस्करण इङ्ल्यान्डले नै आयोजना गरेको थियो ।

 तर, रमाइलो पक्ष के हो भने आईसीसी पुरुष एकदिवसीय विश्वकपभन्दा महिला एकदिवसीय विश्वकप दुई वर्षअघि नै सुरु भइसकेको थियो । महिला एकदिवसीय विश्वकपको पहिलो संस्करण सन् १९७३ मा आयोजना भएको थियो । 

महिला एकदिवसीय विश्वकपको पहिलो संस्करण पनि इङ्ल्यान्डले नै आयोजना गरेको थियो । पहिलो संस्करणको उपाधि पनि इङ्ल्यान्डले नै जितेको थियो । अस्ट्रेलिया उपविजेता बनेको थियो । सन् १९७८ मा भारतमा आयोजना भएको दोस्रो संस्करणको उपाधि अस्ट्रेलियाले जितेको थियो भने इङ्ल्यान्ड उपविजेता बनेको थियो । 

महिला एकदिवसीय विश्वकपको पहिलो र दोस्रो संस्करण राउन्ड रोविन लिगका आधारमा खेलाइएकाले अंकका आधारमा विजेता र उपविजेताको घोषणा गरिएको थियो । हालसम्म महिला एकदिवसीय विश्वकपको १२ वटा संस्करण आयोजना भएको छ । महिला एकदिवसीय विश्वकपको १३औँ संस्करण भने सन् २०२५ मा भारतमा आयोजना हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप