आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संरचना

मुलपानीमा क्रिकेट:  हतारको काम लतार (तस्बिरहरू)

बुधबार, ०१ कात्तिक २०८०, १२ : ५५
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । मुलपानी क्रिकेट ग्राउन्डले बुधवार  टी ट्वान्टीमा डेब्यु गरेको छ । डेब्यू मै व्यवस्थापन भने हतारको काम लतार जस्तो भएको छ ।

नेपाल, युएइ र हङ्कङ्गबीच हुन लागेको टी ट्वान्टी क्रिकेटको अधिकांश खेल मुलपानीमा हुने तालिका छ, तर तयारी भने निकै फितलो छ । ट्राइ नेसन सिरिजको पहिलो खेल नेपाल र युएइबीचको खेल हेर्न विभिन्न स्थानबाट मुलपानी पुगेका दर्शकलाई ग्राउन्ड वरपरको अवस्थाले निकै गिज्याएको छ ।

मंगलबार बिहानै परेको पानी जम्दा व्यवस्थापनले ग्राउन्ड सुख्खा बनाउनको लागि अन्यत्र रहेको फोहोरलाई ल्याएर थुपारेको छ । फोहोर लुकाउनको लागि केही स्थानमा कालो कार्पेट पनि राखिएको छ तर यसले न त फोहोर नै छोपेको छ न त व्यवस्थापकको लाज नै ।

अझ दर्शकहरू त फलामको फ्रेममा काठले अड्याएको “अस्थायी प्यारापिट” मा बस्न बाध्य छन् । कति जनाको लागि छुट्टाइएको र कति भार थेग्न सक्छ भन्ने थाहा नभएको यो असुरक्षित स्थानमा बसेर भए पनि आफ्नो देशलाई समर्थन गर्न भने मानिसहरू आइरहेका छन् ।

mulpani circket (7)

“के गर्नु आफ्नो देशको खेल हो हेर्न आउन मन लागिहाल्छ । टिनमै बसेर भए पनि देशलाई सपोर्ट त गर्नै पर्यो ।” टिकट काटेर दर्शकको लागि छुट्टाइएको क्षेत्रमा जाँदै गर्दा एक खेल प्रेमीले रातोपाटीलाई भने ।

अझ लज्जाको विषय त दसकौँ लगाएर अझै पनि निर्माण सम्पन्न हुन नसकेको दर्शक बस्ने प्यापिटसम्मको बाटो हो । फोहोर पेलेर माटोमा मिलाएर बाटो बनाउन खोजे पनि फोहोरका अवशेषले दर्शकलाई मज्जाले स्वागत गरिरहेको छ । फोहोर र प्लास्टिकका अवशेषलाई कुल्चदैं दर्शकहरू खेल हेर्न पुग्न बाध्य छन् ।

mulpani circket (3)

“यो बाटो पनि हिजो बेलुकी मात्रै रोलर ल्याएर पेलेको हो । नभए यहाँबाट जाने बाटो कहाँ हुनु ?” एक जना स्थानीयले रातोपाटीलाई भने ।

mulpani circket (1)

दसैँको बेला पारेर हतार हतार खेल खेलाउने निर्णय गरेको क्यानले अझ मिडियाको लागि बनाएको प्रवेश द्वार त च्यातिएको पाल टाँगेर बनाइएको छ । क्रिकेट ग्राउन्ड भनिए पनि उचित प्रवेशद्वार र बहिर्गमन द्वार नै छैन ।

ग्राउण्डको अवस्थालाई मात्रै विशेष ध्यान दिएको क्यानले न त दर्शकको बस्ने व्यवस्थाबारे ध्यान दिएको छ न त ट्वाइलेटको व्यवस्थापन नै । प्लाइले बारेर सेतो पर्दा हालेर क्यानले लाज छोप्न खोजेको छ तर बेलाबेलामा चल्ने हावाले ती सबै कुरा उडाइदिन्छ अनि व्यवस्थापन पक्ष उदाङ्गो हुन्छ ।

mulpani circket (4)mulpani circket (6)mulpani circket (8)mulpani circket (9)mulpani circket final

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप