आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
त्रिकोणात्मक टी—२० क्रिकेट

गुल्सनले लिए यूएईको तेस्रो विकेट

बुधबार, ०१ कात्तिक २०८०, १३ : ३८
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को तेस्रो विकेट लिएको छ । यूएईको तेस्रो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन् ।

गुल्सनले यूएईका कप्तान मुहम्मद वसिमलाई १७ रनको ब्यक्तिग स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् । ६.१ ओभरमा वसिम आउट हुँदा यूएईले ३२ रन बनाएको छ । 

नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ । निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप