आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुन हो कम बजेटमा* बढी कमाउने फिल्म ?

बुधबार, ०१ कात्तिक २०८०, १४ : २५
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । कम बजेटमा विश्वमै सबैभन्दा बढी कमाउने फिल्म कुन होला ? तपाईँलाई थाहा छ ? सन् २००७ मा फिल्म निर्माता ओरेन पेलीले कम बजेटको हरर फिल्म ‘प्यारानर्मल एक्टिभिटी’ बनाए । फिल्मको निर्देशन पनि पेलीले नै गरेका थिए । फिल्मको क्रु र चार जना कलाकारको बजेट जम्मा १५ हजार डलर थियो । प्यारामाउन्ट फिक्चर्सले फिल्म किनेपछि अन्त्य फेरेर पोष्ट प्रडक्शनमा केही थपघट गरिदियो । जसले गर्दा फिल्मको कुल बजेट २ लाख १५ हजार डलर पुग्यो । तर यो फिल्मले विश्वभर १९ करोड ४२ लाख डलर कमायो । यो फिल्मको मुनाफा लागतको १३ लाख ३० हजार प्रतिशत थियो ।

प्यारानर्मल एक्टिभिटी अहिलेसम्म पनि विश्वको सबैभन्दा बढी नाफा कमाउने फिल्म हो । प्यारानर्मल एक्टिभिटी फ्रेन्चाइजीका ७ फिल्मले  कूल ८९ करोड डलर कमाएका छन् । यी फिल्मको बजेट जम्मा २ करोड ८० लाख डलर थियो । तर कुनै पनि फ्रेन्चाइजीको सफलता दर पहिलोको जत्ति छैन । यो फिल्मले पाउन्ड फुटेज जेनरालाई निकै लोकप्रिय बनाएको छ । यसलाई हरर जनरामा कयौँ स्वतन्त्र निर्माताहरुले प्रयोग गरेका छन् ।

प्यारानर्मल एक्टिभिटी अघि चाहिँ सबैभन्दा धेरै कमाउने फिल्म द ब्लेयर विच प्रोजेक्ट थियो । २ लाख डलरमा बनेको यो फिल्मले विश्वभरमा २४ करोड ३० लाख डलर कमाएको थियो । 

*सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप