आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

करणले लिए यूएईको पाँचौँ विकेट

बुधबार, ०१ कात्तिक २०८०, १४ : ३१
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को पाँचौँ विकेट लिएको छ । पाँचौँ विकेट नेपाली बलर करण केसीले लिएका हुन् । 

उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान अली नासिरलाई ३२ रनको व्यक्तिगत स्कोरमा आउट गराए । उनले नासिरलाई कप्तान रोहितद्वारा क्याच गराएका थिए । 

नासिरले ३० बलमा एक छक्का र तीन चौका हिर्काएका थिए । यूएईले १७ ओभरमा एक सय १६ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप