आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी सात कारणले खुइलिन सक्छ पुरुषको तालु

बुधबार, ०१ कात्तिक २०८०, १४ : ३७
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । महिलाहरूको दाँजोमा पुरुषहरूमा तालुको कपाल झर्ने समस्या बढी नै पाइन्छ । यस्तो हुनुको कयौँ कारण हुन सक्छन् । जेनेटिक वा हर्मोनल परिवर्तनका कारण पनि पुरुषहरूमा तालु खुइलिने समस्या बढी देखिएको हुन सक्छ । यसको मुख्य कारण चाहिँ जेनेटिक ट्रेन्ड र डाइहाइड्रोटेस्टोस्टेरोन (डीएचटी)को प्रभाव दुवैको संयोजन मानिन्छ ।

 डीएचटी हर्मोनले हेयर फलिकललाई खुम्च्याउँछ ।  जेनेटिक समस्या भएका व्यक्तिमा डीटीएचले कपालको रेशालाई छोटो अनि कमजोर बनाउँछ अनि झर्न थाल्छ । तालु खुइलिनुका अन्य कारणहरू पनि छन्, जुन यस प्रकार छन् -

 

औषधि: कसैले क्यान्सर, उच्च रक्तचाप, डिप्रेसन आदिको औषधि सेवन गरिरहनु भएको छ भने कपाल झर्न सक्छ । कुनै पनि औषधि चलाउनु अघि डाक्टरलाई औषधि खान थालेपछि कपाल झर्छ कि झर्दैन भनेर सोध्नु वेश हुन्छ । ताकि समयमै कपाल झर्नबाट रोक्ने उपायहरू पनि अपनाउन सकियोस् ।

 

हर्मोनमा असन्तुलन: हर्मोनमा देखिने असन्तुलन, खास गरी डीएचटीको स्तर बढ्दा पुरुषहरूमा तालु खुइलिने समस्या देखिन सक्छ । हर्मोनमा गडबडी थाइराइड वा हर्मोनल थेरापीको कारण आउन सक्छ । हर्मोनको उपचार गर्दा कपाल झर्ने समस्या रोक्न सकिन्छ ।

 

उमेरः पुरुषको उमेर बढ्दै जाँदा टेस्टोस्टेरोनको स्तर बिस्तारै घट्दै जाँदा पनि कपाल झर्न सुरु हुन्छ । कपाल झर्नुको यो कारणलाई रोक्न सकिन्न । तर समग्रमा स्वास्थ्यको हेरचाह र हेयर केयर प्रडक्टसको उपयोगले यो समस्या कम गर्न सकिन्छ ।

पोषक तत्त्वको अभावः पर्याप्त मात्रामा पोशक तत्व नखाँदा पनि कपाल झर्न सक्छ । भिटामिन ए, सी, डी, ई, बायोटिन र आइरन भरपूर रहेको सन्तुलित भोजनको सेवनले कपालको विकासमा टेवा दिन्छ अनि तालु खुइलिने खतरालाई कम गर्न मद्दत गर्छ ।

तनाव: तनावले कपालको सामान्य विकास चक्रमा अवरोध उत्पन्न गर्छ । यसका कारण कपाल झर्न थाल्छ । रिल्याक्सेशन टेक्निक, व्यायाममार्फत तनाव व्यवस्थापन गर्दा कपाल झर्नबाट रोक्न सकिन्छ ।

मेडिकल कन्डिशनः गम्भीर स्वास्थ्य समस्या अनि अटो इम्युन,  किमोेथेरापी लगायत उपचार विधिका कारण  पनि कपाल झर्न थाल्छन् ।

धुम्रपानः धुम्रपानले पनि कपाल झर्ने खतरा बढाउँछ । यसले ब्लड सर्कुलेशन र हेयर फलिकलमा नराम्रो असर पुर्‍याउँछ । धूम्रपान छाड्दा समग्रमा स्वास्थ्यमा त सुधार आउँछ नै तालु खुइलिने समस्या पनि कम गर्न सकिन्छ । एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप