आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाइकलाई ठक्कर दिएर भाग्दा गाडी नालीमा खस्यो, एकको मृत्यु

बुधबार, ०१ कात्तिक २०८०, १४ : ४०
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । काभ्रेको पनौतीमा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा गाडी बुधबार बिहान नालीमा खस्दा एक युवतीको मृत्यु भएको छ । पनौती नगरपालिका–५ सुन्दरबस्तीमा बा‍.प्र.०३–००१ ज ०२९८ नम्बरको ईलेक्ट्रोनिक गाडीले बा।६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेको हो ।

दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका–१२ बस्ने २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको छ ।  दुर्घटनामा घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको । साथै दुर्घटनामा घाइते भएका गाडी तथा मोटटरसाइकलमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै काभ्रेको पनौती नगरपालिका–१० दाहालटारस्थित सडकमा रोकी राखेको बा.७ च ६२७७ नम्बरको बोलेरोमा बा.६५ प ७१३९ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-७ बस्ने १६ वर्षीय इरोज ताम्राकारको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

उता रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ ड्राईभर टोलमा लु.५४ प ५६९३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका–९ मंगलापुर बस्ने २६ वर्षीय सावन थापाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यसैगरी दाङको शान्तिनगर गाउँपालिका५ रतभटुवास्थित सडकमा रा।३ प ४३२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १४ वर्षीय सुनिल विकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।     दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप