आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुस्ताङमा १३५ नेता–कार्यकर्ता माओवादीमा प्रवेश, प्रधानमन्त्री प्रचण्डले गरे स्वागत

बुधबार, ०१ कात्तिक २०८०, १५ : १३
बुधबार, ०१ कात्तिक २०८०

मुस्ताङ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन् । 

भेलामा विभिन्न पार्टी परित्याग गरी १३५ जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

कायक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताए । यस्तै उनले भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले भने,'हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ । यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौँ । त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ। सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको छ । यसपछि पनि अभियानले निरन्तरता पाउनेछ । हामीले शक्तिशाली पार्टी निर्माण गर्नेछौँ ।'

प्रधानमन्त्री प्रचण्डले मुस्ताङको विकास र जलवायु परिवर्तनले ल्याएका नयाँ संकट र जोखिमहरू न्यूनीकरण गर्न सरकार गम्भीर रूपमा लाग्नेसमेत बताए ।

कार्यक्रममा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल, केन्द्रीय सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप