आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२३ रन बनाएर आउट भए आसिफ शेख

बुधबार, ०१ कात्तिक २०८०, १५ : ४३
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले लिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । 

नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेख २३ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले आउट हुनुअघि २७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनको विकेट अली नासिरले लिएका हुन् । उनी आउट हुँदा नेपालले ८.५ ओभरमा ५१ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप