आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ८६, विपक्षमा ५ मत

बुधबार, ०१ कात्तिक २०८०, १६ : १६
बुधबार, ०१ कात्तिक २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका हुन्। 

कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो । एक जना भने अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन् । राप्रपाका एक सांसद भने अनुपस्थित रहेका हुन् । कार्की कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो (पाँचौं पटकको मुख्यमन्त्री) मुख्यमन्त्री हुन् । उनी

गत शनिबार नियुक्त भएका हुन् । एमालेका ३९ र कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । यद्यपि गठबन्धन दलले पनि उनलाई समर्थन गर्दै विश्वासको मत दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप