आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
इजरायल–हमास युद्धको विरोधमा शान्ति समाजको प्रदर्शन, तस्बिरहरु

इजरायल–हमास युद्धको विरोधमा शान्ति समाजको प्रदर्शन, तस्बिरहरु

बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । प्यालेस्टिनी चरमपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि यतिबेला जवाफी कारबाही स्वरुप इजरायलले गाजामा भीषण कारबाही गरिरहेको छ । पछिल्लो समय हमासले जस्तै इजरायलले पनि अस्पतालमा बम खसाल्ने, निर्दोष नागरिकको हत्या गर्ने मानवताविरोधी काम गरिरहेको छ ।

यसैबिच इजरायल–हमास युद्धको विरोधमा शान्ति समाजले नेपालमा प्रदर्शन गरेको छ । समाजले बुधबार बौद्ध स्तूप मूल गेट अगाडि उभिएर करिब आधा घण्टा प्रदर्शन गरेको हो । उनीहरुले दुवै पक्षलाई मानवताविरोधी काम नगर्न आग्रह गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले द्वन्द्वका क्रममा हराइरहेका विपिन जोशीको खोजीको माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया