आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरा उद्योग वाणिज्य संघले चीनसँग सहकार्य गर्ने, पालिखेलाई जिम्मेवारी

बुधबार, ०१ कात्तिक २०८०, १९ : ०७
बुधबार, ०१ कात्तिक २०८०

पोखरा । पोखरा उद्योग वाणिज्य संघले पूर्वअध्यक्ष तथा सल्लाहकार विश्वशंकर पालिखेलाई चीनका विभिन्न सहरमा रहेका उद्योग वाणिज्य संघसँग समन्वय र सहकार्य गर्ने जिम्मेवारी सुम्पेको छ ।

लामो समयदेखि चीनको मामिलासँग नजिक रहेका र नेपालका विभिन्न सहर तथा संस्थासँग चीनको समन्वय जोडेका पालिखेलाई उद्योग वाणिज्य संघले जिम्मेवारी दिएको हो । 

संघको १५ औँ बैठकले पूर्वअध्यक्ष पालिखेलाई सो कार्यको लागि संयोजकको जिम्मेवारी सुम्पेको अध्यक्ष पवन प्रजापतिले जानकारी दिए । उनका अनुसार समन्वय र सहकार्यअन्तर्गत ‘भगिनी सम्बन्ध’ बिस्तार पनि समेटिएको छ । 

चीनका उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्ध गाँसेर पोखराले त्यहाँका औद्योगिक विकासबारे अनुभव लिने योजना बनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप