नेपाल लाइफको टिकटक प्रतियोगिता, विजेताले ३० हजार रुपैयाँ पाउने
बुधबार, ०१ कात्तिक २०८०, २१ : ११
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले दसैँको विशेष अवसर पारेर टिकटक प्रतियोगिताको आयोजना गरेको छ । ‘तिमी यो दसैँमा के गर्छौँ ?’ नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ ।
हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरी प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । प्रथम हुनेलाई नगद ३० हजार रुपैयाँ, द्वितियलाई २० हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । प्रतिस्पर्धामा भाग लिन इच्छुकले कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् ।