चावहिलबाट २१ लाख मूल्य बराबरको धनमाल चोरी
बुधबार, ०१ कात्तिक २०८०, २१ : २३
काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलबाट २१ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चावलिह स्थित शान्ति गोरेटोमा राम प्रसाद केसीको घरबाट कोही नभएको अवस्थामा चोरले धनमाल चोरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
राम प्रसादको घरबाट सुनका विभिन्न गहनाहरू, अमेरिकी डलर ३ सय, हिराको टप लगायतका सामान चोरी भएको छ ।
चोरीमा संलग्नहरु फरार छन् । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।