आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

न्युजिल्याण्डको लगातार चौथो जीत

बुधबार, ०१ कात्तिक २०८०, २१ : २५
बुधबार, ०१ कात्तिक २०८०

चेन्नई । भारतमा जारी आईसीसी विश्वकपमा न्युजिल्याण्डले लगातार चौथो जीत हात पारेको छ । बुधबार भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १ सय ४९ रनको भारी अन्तरले हराएको हो ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ३४.४ ओभरमा मात्र १ सय ३९ बनाउन सक्यो । अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रन बनाए भने अजमतुल्लाह ओमाजारीले २७ रनको योगदान दिए । इकराम अलिखिलले १९ रन बनाउँदा इब्राहिम जाडरानले १४ रन बनाए ।

आफगानिस्तानलाई सस्तोमा समेट्न मिचेल स्यान्टनर र लोकी फर्गुसनले ३–३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ तथा म्याट हेनरी र रचिन रवीन्द्रले १ विकेट लिए ।

यसअघि प्लेयर अफ द म्याच घोषित ग्लेन फिलिप्सको ७१ रनको मद्दतले न्युजिल्याण्डले निर्धातिर ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । फिलिप्सलाई कप्तान टम ल्याथमले ६८ रन बनाउँदै साथ दिए । ओपनर विल यङले ५४ रन बनाए भने मार्क च्यापम्यानले नटआउट रहँदै २५ रन बनाए ।

अफगानिस्तानका लागि नवीन उल हक र ओमाजारीले २–२ विकेट लिए । जीतसँगै चार खेलबाट ८ अङ्क बटुल्दै न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । ४ खेलमा एक मात्र खेल जितेको अफगानिस्तान नवौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप