आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआईसी एसिया लघुवित्तले नगद लाभांश वितरण गर्ने

बुधबार, ०१ कात्तिक २०८०, २३ : ०२
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बराबरको नगद लाभांश बाँड्ने निर्णय गरेको छ ।

सञ्चालक समितिको बुधबार बसेको १८८औँ बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख चालिस हजार रुपैयाँको १५% अर्थात् २६ करोड ९ लाख सोह्र हजार बराबरको कर प्रयोजनसहित नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी छैटौँ वार्षिक साधारण सभाबाट पारित भए पश्चात् लागु हुने गरी वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्था स्थापना भएको ६ वर्ष पूरा भएको छ । यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप