आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एनआरएनए चुनाव

एनआरएनमा धाँधलीको आरोप, आरके शर्माको नाम भोटिङ लिस्टमा गोलमाल !

बुधबार, ०१ कात्तिक २०८०, २३ : ४२
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनमा धाँधलीको प्रयास भएको आरोप लागेको छ । अध्यक्षका प्रत्यासी आरके शर्माको नाम विधुतीय भोटिङ सिस्टमको लिस्टमा राखिएको उम्मेदवारको सूचीमा गोलमाल भएपछि महाधिवेशन स्थल होटल सोल्टीमा तनावको अवस्था सिर्जना भएको छ । 

उम्मेदवारले मत हाल्ने भोटिङ सिस्टमको सूचीमा अध्यक्षका तीन उम्मेदवारहरु बद्री केसी, रविना थापा र महेश श्रेष्ठको नाम भएपनि सो लहरमा आरके शर्माको नाम नराखी अर्को पेजमा मात्र पारिएपछि यो तनाव सिर्जना भएको हो । 

आरके शर्मा पक्षधरहरुले एकै लहरमा सवै चारजना उम्मेदवारहरुको नाम नराखेसम्म मतदान शुरु हुन नहुने अडान लिएका छन भने अहिलेको मितिसम्म पनि कार्यकारी अध्यक्ष नै रहेका बद्री केसी भने समय अभावका कारण यो सम्भव छैन भन्दै आरके समर्थक हरुलाई सम्झाउन खोजिरहेका छन । तर शर्माले भने आपूmलाई धाँधलीको आशंका रहेकाले यो बिषय नमिलेसम्म चुनाव हुन नसक्ने बताए ।

 उनले भने, ‘चारजना उम्मेदवारमा तीन जनाको मात्र नाम देखियो, यसरी स्वच्छ चुनाव हुन सक्दैन । यो प्राविधिक कुरा मिलाएर मात्र चुनाव गराउनुपर्छ भन्ने अडान मेरो हो ।’ आरके पक्षधरहरुले आपूmहरुको पक्षमा मतदाता (डेलिगेट्स) को स्पष्ट बहुमत देखेपछि अहिलेको अवस्था सिर्जना गरिएको आरोप पनि लगाए ।

केही हदसम्म उक्त आरोप पुष्टि हुने प्रशस्त आधारहरु पनि देखिन गएको छ । आरकेलाई मध्यपूर्वका सम्पूर्ण श्रमिक मतदातादेखि विश्वभरका कांग्रेसका बहुमत र अरु दलहरुको समर्थन रहेको बताइएको छ ।

अपडेट- उम्मेदवारको बार्तापछि सबै नाम देखाउने सहमति भएको छ । यससँगै भोटिङ सुरु भएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप