आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

एक खेल पनि नखेली विश्वकप जित्ने पहिलो खेलाडी

बिहीबार, ०२ कात्तिक २०८०, ०८ : ४७
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । सन् १९८३ को एकदिवसीय विश्वकप इङ्ल्यान्ड र वेल्समा आयोजना भएको थियो । त्यो विश्वकपको उपाधि भने भारतले जितेको थियो । 

कपिल देवको कप्तानीमा रहेको भारतले फाइनलमा वेस्ट इन्डिजलाई ४३ रनले पराजित गरेको थियो । त्यो विश्वकप खेल्न सुनिल भालसन पनि भारतीय टोलीमा परेका थिए । 

त्यो विश्वकपमा भारतीय टोली समूह ‘बी’ मा परेको थियो । समूहगत चरणमा भारतले कुल ६ वटा खेल खेल्यो । त्यसपछि सेमिफाइनल र फाइनल गरी भारतले उपाधि जित्दासम्म कुल आठवटा खेल खेल्यो । तर, भारतीय टोलीमा रहेका सुनिल भालसनले भारतको तर्फबाट एक खेल पनि खेलेनन् । 

उनी विश्वकप विजेता भारतीय टोलीको सदस्य भने बने । त्यसैले उनी एकदिवसीय विश्वकपको इतिहासमा एक खेल पनि नखेली विश्वकप उपाधि जित्ने पहिलो खेलाडी बन्न पुगे । खासमा उनी बायाँहाते मध्यम तेज गतिका बलर थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप