आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रसुवाको लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायाङ्कन

बिहीबार, ०२ कात्तिक २०८०, ०९ : ५३
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । करिब ४ हजार मिटर उचाइमा रहेको रसुवाको लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायाङ्कन भएको छ । गायक किरन भुजेल र निर्देशक, कोरियोग्राफर केशव राज भट्टले आफ्नो टिम सहित गएर उक्त स्थानमा म्युजिक भिडियो छायाङ्कन गरेका हुन् ।

भिडियो छायाङ्कन टिममा कलाकार सोफी धरेल, अश्विन मगर, गौरभ मगर, सुस्मिता लामाको साथमा छायाङ्कन  प्रकाश खड्का र मेकअप कवीन्द्र खड्का पनि पुगेका थिए । भिडियो लाङटाङको क्यान्जिङ, क्यान्जिङ रिसम्म छायाङ्कन गरिएको छ ।

लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायाङ्कन भएको भन्दै त्यहाँका पूर्व वडा अध्यक्ष सुप्पा लामा तथा समाजसेवी जङ्बो लामा लगायतले टिमलाई सम्मान  समेत गरेका छन् । उनीहरुले भिडियोको माध्यमले लाङटाङका पर्यटनमा अझ वृद्धि हुने विश्वास व्यक्त गरे ।

भिडियो छायाङ्कनका लागि ७ दिन लागेको निर्देशक भट्टले बताए । ‘हामीलाई छायाङ्कनमा निकै कठिन त भएको थियो । छायाङ्कन पछि स्थानीयको बिदाइ सम्मानले दुःखमा मल्हम बन्यो’ निर्देशक भट्टले थपे । भिडियो छिट्टै छायाङ्कन गर्ने योजना निर्माण युनिटको छ । 

393783165_834407975078246_3059664355574247732_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप