आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’, अस्पताल भर्ना

बिहीबार, ०२ कात्तिक २०८०, ११ : ०७
बिहीबार, ०२ कात्तिक २०८०

बेइजिङ । तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन छिमेकी राष्ट्र चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको हो ।

श्रेष्ठको सचिवालयअनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । ‘उहाँको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ,’ प्रेस सल्लाहकार कमल गिरीले रातोपाटीसँग भने । श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको गिरीले बताए ।

श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै 'तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)'मा सहभागी हुन चीन पुगेका हुन् । मंगलबार र बुधबार बेइजिङमा भएको बीआरएफमा 'हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च'को नीति र प्रगतिबारे छलफलमा श्रेष्ठ सहभागी भएका थिए । सो कार्यक्रममा श्रेष्ठले "कि नोट स्पिच" दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप